कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति छैन : महामन्त्री शर्मा

डिसी नेपाल
११ चैत २०८१ २२:४४
916
Shares

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर गलत कदम चालेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको पनि बताएका छन्।

सरकारले गरेका राम्रा काम पनि छायामा पार्ने गरी सरकारले कुलमानलाई हटाएको महामन्त्री शर्माको आरोप छ। ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाहीयोग्य केही भए, पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। यसप्रति खुला र प्रष्ट रूपमा विमति छ,’ उनले लेखेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यस लगत्तै सरकारको चर्को विरोध हुन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *