दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन
दाङ। दाङमा रहेको प्लाई उद्योगमा अस्ति रातिदेखि लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।
उद्योगको भित्री भागमा लागेको आगो निभाउन अझै १० प्रतिशत बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। रातभर पनि आगो निभाउने काम भैरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।
करिब ८ बिगाहा क्षेत्रफलमा फैलिएको साङ्ग्रिला प्लाई उद्योगमा अस्ति राति करिब १ बजेबाट आगो लागेको थियो। आगोलागिबाट उद्योगका सबै सामग्री जलेर नष्ट भएका छन्।
आगो निभाउन दाङ, बाँके र कपिलवस्तुका २/२ वटा, रूपन्देही र बर्दियाका एउटा गरि ८ वटा दमकल र २ सय बढि सुरक्षाकर्मी परिचालन गरिएको दाङ प्रहरीले जनाएको।
२०६३ सालमा स्थापना भएको प्लाइ उद्योगमा दैनिक ७ सय जनाले काम गर्दै आएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले बताए। यस उद्योगबाट उत्पादित प्लाई विदेश पनि निर्यात हुँदै आएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment