हुथी विद्रोहीमाथि आक्रमण गर्ने योजना लिक भएको दाबी ट्रम्प र रक्षामन्त्रीद्वारा अस्वीकार
काठमाडौं । शीर्ष अमेरिकी सुरक्षा अधिकारीहरूले यमनमा आक्रमण गर्ने योजना लिक गरेको एक पत्रकारले दाबी गरेका छन् । यो दाबी द एट्लान्टिकका प्रधान सम्पादक जेफ्रा गोल्डबर्गले गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन्। उनले भने, “मलाई यसबारे केही थाहा छैन। मेरो लागि द एट्लान्टिक एउटा पत्रिका हो जुन बन्द हुन लागेको छ।” अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि पत्रकारको दाबीलाई सही मानेका छैनन्।
प्रश्न सोध्दा उनले भने, “त्यसो भए तपाईं एक कपटी र अत्यन्तै कुख्यात तथाकथित पत्रकारको बारेमा कुरा गर्दै हुनुहुन्छ। युद्ध योजनाको बारेमा कसैले पनि सन्देश पठाउँदैनथे। यसबारे मसँग अरु केही भन्नु छैन।”
जेफ्रा गोल्डबर्गले दाबी गरे, “मार्च ११ मा मैले सिग्नल एपमा एउटा सन्देश प्राप्त गरें। यो खाता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको रूपमा पहिचान गरिएको थियो।”
“मार्च १३ मा मैले यस बारे एउटा सूचना प्राप्त गरें। त्यसमा भनिएको थियो कि मलाई च्याट समूहमा थपिएको छ। यो समूहको नाम ‘हुथी पीसी स्मल ग्रुप’ थियो। यो समूहमा हुथी विद्रोहीहरूलाई आक्रमण गर्न यस समूह मार्फत समन्वय गरिनेछ भन्ने सन्देश दिइएको थियो।”
उनले भने, “मार्च १५ मा मैले अर्को सन्देश प्राप्त गरें। त्यसमा हुथी विद्रोहीहरूमाथि आक्रमण भइरहेको भनिएको थियो। दुई घण्टा पछि, वाल्ट्जले सोही च्याट समूहमा लेखे, “अपरेशन सफल भयो।”
अब पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनका पूर्व यातायात सचिव प्याट बुटिगिएगले यस विषयमा प्रश्न उठाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखे, “यी मानिसहरूले अमेरिकालाई सुरक्षित राख्न सक्दैनन्।”
यसैबीच, सदनका सभामुख माइक जोनसनले भने, “ट्रम्प प्रशासनले यो गल्ती भएको स्वीकार गरेको छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment