टर्कीमा विपक्षीको प्रदर्शन जारी, दलहरूले हिंसा भड्काइरहेको राष्ट्रपतिको आरोप

डिसी नेपाल
१२ चैत २०८१ १३:०६
88
Shares

काठमाडौं । सोमबार लगातार छैटौं रात पनि टर्कीमा विरोध प्रदर्शन जारी रह्यो। राष्ट्रपति रेसेप तैयप एर्दोगानले यस विषयमा विपक्षी दलहरूलाई दोष दिए। उनले भने, “राजनीतिक दलहरूले ‘हिंसात्मक गतिविधि’ लाई बढावा दिइरहेका छन्।”

टर्कीमा यो विरोध प्रदर्शन इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टीका नेता एकराम इमामोग्लुको गिरफ्तारी पछि सुरु भएको थियो। भ्रष्टाचार र अतिवादी समूहहरूलाई सहयोग गरेको आरोपमा प्रहरीले बुधबार एकराम इमामोग्लुलाई पक्राउ गरेको छ।

जबकि इमामोग्लु केही दिन पछि २०२८ को राष्ट्रपति चुनावको लागि उम्मेदवारको रूपमा मनोनित हुनेवाला थिए । सोमबार हजारौं मानिसहरू फेरि एक पटक विरोध प्रदर्शन गर्न भेला भए। आइतबार राति प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिएको थियो।

यसैबीच, एकराम इमामोग्लुलाई मेयर पदबाट हटाइयो। उनले भने, “ममाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित छन्।” उनको दाबीलाई एर्दोगानले अस्वीकार गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *