बाँदर भगाउन राखेको विद्युतीय धरापमा परेर गुल्मीमा महिलाको मृत्यु
गुल्मी। गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–७ पल्टार बस्ने ६० वर्षीया चन्द्रकला कुमाल रहेकी छिन्। उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ठाउँस्थित आफ्नै बारीमा बाँदर भगाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment