युक्रेनद्वारा रुसका दुई ठूला तेल रिफाइनरीमा भीषण ड्रोन आक्रमण, ६ सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी
काठमाडौं । युक्रेनले रुसको यारोस्लाभ सहरमा रहेको एक ठूलो तेल रिफाइनरीसहित दुईवटा रिफाइनरीहरूलाई ड्रोनमार्फत निशाना बनाएको छ।
त्यस क्षेत्रका गभर्नर मिखाइलले यारोस्लाभमाथि शत्रु (युक्रेन) को तर्फबाट हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेका छन्।
उनका अनुसार रुसी सेनाले ९२ वटा युक्रेनी ड्रोनलाई नष्ट गरिदिएको छ। यद्यपि, खसेका ड्रोनका टुक्राहरूका कारण तीनवटा घरमा आगलागी भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गर्दै यारोस्लाभस्थित ‘स्लाभनेफ्ट-यानोस’ रिफाइनरी र बस्कोर्तोस्तानस्थित ‘बास्नेफ्ट-नोभोइल’ रिफाइनरीलाई निशाना बनाइएको बताएका छन्।
रुसी रक्षा अधिकारीहरूका अनुसार देशका विभिन्न भागमा गरी कुल ६०५ वटा युक्रेनी ड्रोनलाई बाटोमै रोकेर (इन्टरसेप्ट गरी) नष्ट गरिएको छ।
युक्रेनले हालैका हप्ताहरूमा रुसका ऊर्जा तथा सैन्य अखडाहरूलाई निशाना बनाउँदै शृङ्खलाबद्ध आक्रमणहरू गर्दै आएको छ। जसमा तेल रिफाइनरीहरू र सैन्य भण्डारण गृह (वेयरहाउस) हरू समावेश छन्।
यसैबिच, युक्रेनी अधिकारीहरूले रुसको तर्फबाट भएको ड्रोन आक्रमणमा परी एउटा आवासीय क्षेत्रमा तीन जनाको मृत्यु भएको दाबी गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment