गेस्ट हाउसमा युवती मृत फेला
काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा युवती मृत फेला परेकी छन्।
भारत घर भएर दुई दिनदेखि उक्त गेस्ट हाउसमा बसेकी ३१ वर्षीया आरती मृत अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसको ९ नम्बर कोठामा बाल्टिनको सहयोग लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको सर्लाही प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment