कतारमा ईद धमका हुँने, पल शाह आउँदै
कतार । ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको अवसरमा नेपाली ईद धमाका–२०२५ आयोजना गर्ने भएको छ।
उक्त ईद धमका कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नायक पलसँगै गायक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउने भएका हुन्।
कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु हुने आयोजक टिमले जनाएको छ।
टिकटबाट आएको मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने भएको हुँदा दोहामा रहेका नेपालीलाई उपस्थित भई मनोरञ्जनसँगै मानव सेवाको सहयोगार्थ सहयोग गरिदिन आयोजकको आग्रह छ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment