स्टुअर्ट ल बने नेपाली क्रिकेटको मुख्य प्रशिक्षक
काठमाडौं। अस्टे्रलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई अनुबन्ध गरेको जनाएको छ। उनको कार्यकाल दुई वर्षको रहनेछ। क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको हो ।
५६ वर्षीय लले यसअघि वेष्ट इण्डिज, बंगलादेश, अमेरिका लगायत देशमा मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
सन् २००९ मा श्रीलंका क्रिकेट टोलीको असिस्टेन्ट कोचबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका उनी सन् २०११मा बंगलादेशको मुख्य प्रशिक्षक बनेका थिए। यस्तै उनी सन् २०१७ मा दुई वर्षको लागि वेष्ट इण्डिज टोलीको मुख्य प्रशिक्षक रहेका थिए भने सन् २०२२ मा अफ्गानिस्तानको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए।
उनी २०२४ मा अमेरिकाको मुख्य प्रशिक्षक समेत रहेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment