दुर्गा प्रसाईं इमाडोलस्थित धर्मगुरुको घरमा पुगेको पुष्टि

डिसी नेपाल
१६ चैत २०८१ १२:३४
8.6k
Shares

काठमाडौं । शुक्रबारको घटनापछि दुर्गा प्रसाईं इमाडोलस्थित एक धर्मगुरुको घरमा पुगेको पाइएको छ। राजाबादीको आन्दोलनका कमान्डर प्रसाईं आन्दोलनलाई उग्र बनाएर फरार भएका छन्। त्यसयता उनलाई खोजिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

आन्दोलन उग्र बनेपछि उनी केहीबेर सटरमा लुकेका थिए। त्यसपछि विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरको इमाडोलस्थित घरमा गएको पाइएको प्रहरीले जनाएको छ।

खतिवडा भने पक्राउ परिसकेका छन्। प्रसाईं खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरी फरार भएको प्रहरी अनुसन्धानले देखाएको छ।

अराजकता मच्चाएको तथा उकासेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *