राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिँदै

डिसी नेपाल
१७ चैत २०८१ १०:५१
1.5k
Shares

काठमाडौं। गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ।

शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिँदैछ। मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन्।

जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *