सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
१९ चैत २०८१ १८:०८
404
Shares

काठमाडौं। सुनवाइ नसकिए पछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो।

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो। तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।

पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई आज भने विशेष प्राथमिकता दिई सुनुवाई गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *