रवीन्द्र र धवललगायत ४१ जनालाई ६ दिन हिरासतमा अदालतको अनुमति
काठमाडौं । राजाबादी आन्दोदनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएकोमा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरूलाई आज दोस्रो पटक म्याद थप गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment