राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवसीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका हुन्।
जसअनुसार चीनका लागि नेपाली राजदूत प्रा. डा. कृष्णप्रसाद ओली, मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment