प्रधानमन्त्रीसँग राष्ट्रसंघका क्षेत्रीय कार्यकारी सचिवको भेट
बैंकक। थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गरेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग कार्यकारी सचिव सलैहले आज भेट गरेका हुन्। भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment