वीरेन्द्रनगरमा चल्यो गोली
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो।
गोली छाना छेडेर कोठाभित्र खसेको थियो। तर, कसले र किन गोली चलायो भन्ने बारेमा पुष्टि हुन सकेको छैन।
घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment