पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानन्यायाधीश राउत आइतबार भारत जाँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्ता सकारात्मक भएको चर्चासँगै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको भारत भ्रमण हुने भएको छ। प्रधानन्यायाधीश राउत आइतबार भारत जाने भएका हुन्।
उनी भारतीय प्रधानन्यायाधीश धनन्जय यशवन्त चन्द्रचुडको निमन्त्रणामा दिल्ली जान लागेका हुन्। सर्वोच्च अदालतका रष्ट्रिार विमल पौडेलका अनुसार पाँच दिने औपचारिक भ्रमणमा आइतबार भारत जाने तयारीमा रहेका प्रधानन्यायाधीशको यो पहिलो भारत भ्रमण पनि हो।
प्रधानन्यायाधीशको भारत भ्रमणमा नेपाल र भारतीय न्यायालयबीच सहमति पत्रमा हस्ताक्षर हुने भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment