बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
२५ चैत २०८१ १०:२६
4.1k
Shares

विराटनगर । मोरङको केराबारीबाट प्रहरीले तीन नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *