सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
२१ साउन २०८३ २१:४७

सुदूरपश्चिम । नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो। निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट रु दुई लाख ४० हजार ठगी गरेको आरोप लागेको छ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी आज कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *