एउटा बसका यात्रुलाई अर्को बसले किच्यो

डिसी नेपाल
२५ चैत २०८१ ११:०३
4.2k
Shares

हेटौंडा । मकवानपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।

मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–२, संगमटोल घर भएका ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडीका यात्रु प्रधानलाई सोमबार बिहान शौचालय जान बाटो क्रस गर्ने क्रममा अर्को बसले ठक्कर दिएको हो।

बाटो पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि ठक्कर दिने बसका चालक धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *