पत्रकार भैरव रिसालको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त गरेका छन्।
रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो।
ओलीले गत फागुन २१ गते रिसालसँग भएको भेट नै अन्तिम हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो। त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment