हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिएपछि….

डिसी नेपाल
२५ चैत २०८१ १९:१९
1.2k
Shares

काठमाडौं। राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन्।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत् पैसा लिएका थिए। सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए।

मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध ती व्यक्ति उजुरी दिन पुगेका थिए।

उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *