तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप ६ जना पक्राउ

डिसी नेपाल
२६ चैत २०८१ १०:२७
948
Shares

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजाबादी समूहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु रहेका छन्।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर (ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ। प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *