बल्खुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सभा स्थल बल्खु क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु तथा आसपास क्षेत्रमा परिचालित भएका छन्।
राप्रपा कार्यकर्ता स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन्। राप्रपाले मंगलबार १२ बजेपछि बल्खुमा प्रदर्शन गर्दैछ।
प्रदर्शनमा १२ हजारभन्दा बढी सहभागी हुने आँकलन गरिएको छ।
राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ। सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिंदेनलगायत शीर्ष नेताले सम्बोधन गर्ने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment