संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति रकम

डिसी नेपाल
२७ चैत २०८१ ९:५६
48
Shares

दार्चुला। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ ।

संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए । चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ जनालाई रकम दिन सिफारिस गरिएको उनले जानकारी दिए।

उक्त कार्यालयले गत आवमा १४२ जनालाई रु १५ लाख क्षतिपूर्ति दिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *