१०९ किलो गाँजा र हतियारसहित युवक पक्राउ

डिसी नेपाल
२७ चैत २०८१ १०:४८
672
Shares

रौतह । रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका-१ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियारसहित एक युवकलाई पक्राउ गरेको हो।

रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका-४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो।

पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए।

प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ।

पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *