संसदका तीन समितिको बैठक बस्दै

डिसी नेपाल
२८ चैत २०८१ ७:४१
92
Shares

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ।

संसद सचिवालय, सिहदरबार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। जुन बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने  चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको तयारी सम्बन्धमा  छलफल हुनेछ। जुन बैठक बिहान १० बजेबाट सुरु हुने जनाइएको छ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ बजे बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.