चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते
धनगढी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर सात जना घाइते भएका छन्।
गए राति सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङ लागेर लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment