५७०० ले बढ्यो सुनको मूल्य, फेरि बनायो ऐतिहासिक रेकर्ड

डिसी नेपाल
२८ चैत २०८१ १०:४४
7.3k
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो। बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश: घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *