गगन थापाको जिज्ञासा- निर्मल निवासबाट उत्पात मच्चाउनेले नारायणहिटीमा भए केसम्म गर्थे होलान?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुँदा १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन्।
माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन्।
‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ। जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो। राजसंस्था प्रति त्यस्तो सम्मान थियो,’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुँदा त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ। नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त।’
नेपाली कांग्रेसले संवैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजालाई नपचेको उनले जनाएका छन्। ‘बिपी कोइराला माथी राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिँडनु भयो। गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नु भयो। तर, राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गरयो।’
उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ वर्षे व्यवस्था छ। सोही व्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं। ‘कतिसम्म राजाको बिरूद्द किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योवाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ?,’ उनको प्रश्न थियो।
गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालवाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment