संविधान संशोधनमा बारले रचनात्मक भूमिका खेल्छः बार अध्यक्ष मिश्र
काठमाडौं । नेपाल बार एसोसियसनको अध्यक्षमा विजयी मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्याधिक मतले पराजित गरेर विजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन्।
उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिवद्धता जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment