पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने

डिसी नेपाल
२८ चैत २०८१ २२:५६
304
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताएका छन्।

बिहीबार ताहाचलस्थित रजकको घर पुगी उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताए।

पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवारले उठाएको मागमा आफूहरूको पनि समर्थन रहेको स्पष्ट पारे। त्यसक्रममा रजकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा र तीनकुनेमा उनको सालिक बनाउन पहल गर्न आग्रह गरेका थिए।

विवादित मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित भीडले यही चैत १५ गते तीनकुनेमा निजी घरमा गरेको तोडफोड र आगजनीमा परी प्रदर्शनको दृश्य छायांकन गरिरहेका पत्रकार रजकको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *