प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
काठमाडौं। सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन्। प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो।
नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन्। सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment