एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई वैशाख ११ गते देखाउँछौंः ओली

डिसी नेपाल
३० चैत २०८१ १६:५१
252
Shares

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन् भन्नेहरूलाई वैशाख ११ गते देख्ने बताएका छन्।

दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले मात्रै युवाहरूले मन पराएको पार्टी हो भन्ने सो दिन प्रमाणित हुने पनि दावी गरेका छन्।

युवाहरुलाई आफ्नो देश आफैले बनाउँछु पर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए। एमालेले वैशाख ११ गते अर्थात लोकतन्त्र दिवस का दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्ष मुनिका युवाहरु त्यस दिन काठमाडौं आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरेका छन्।

‘एमालेको साथमा युवा छैनन्। एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका हौं, म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन’, उनले भने, ‘युवाहरुले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ। आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.