बिस्का जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु

डिसी नेपाल
१ वैशाख २०८२ ९:०३
564
Shares

भक्तपुर। भक्तपुरमा बिस्का जात्राको क्रममा रथले किचेर एक जनाको मृत्यु भएको छ। भैलखको रथ तान्ने क्रममा रथले किचेको हो।

जीऊमाथि नै रथले किचेका कारण अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको प्रहरीले जनाएको छ। भक्तपुर नगरपालिका वडा नं ४ निवासी उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोल इटबू बस्दै आएका थिए।

बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको थियो । तमखूको शरीरको बीच भागमा रथले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *