आरोप लगाउनेलाई चुनौती दिँदै रवि लामिछानेले भने–‘प्रमाणित गर्नुस् पत्रकारिता छाडिदिन्छु’

डिसी नेपाल
१० भदौ २०७६ १२:३९

काठमाडौँ । टेलिभिजनकर्मी रवि लामिछानेले आफूलाई समाचारको आडमा पैसा लिएको आरोप लागेको सम्बन्धमा स्पष्टीकरण दिँदै पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् । सोमबार धरौटीमा छुटेपछि मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले पैसा लिएको आरोप झुटो भएको दावी गरेका हुन् ।

उनले भने ‘ममात्र नभइ मेरो टिमले कहाँ कहाँ पैसा खायो भनेर प्रमाणित गरिदिनुस् । म पत्रकारिताजस्तो पवित्र पेशामा बस्दिन ।’ उनले आरोप लगाउनेसँग लाइभ बहस गर्न तयार रहेको भन्दै उनीहरुलाई बहसको लागि स्टुडियोमा आउन चुनौती दिए । उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुंगा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए ।

लामिछानेले अदालतले केही मुद्दामा चर्चा नगर्न आदेश दिएकाले आफूले त्यसलाई शिरोधार्य गर्दै सम्मानित अदालतको गरिमामा कुनै पनि आँच नआउने गरी अभिव्यक्तिहरु राख्ने स्पष्ट पारे । उनले सीधा कुरा जनतासँगको कार्यक्रम अझ बढी जिम्मेवार र ओझिलो हुनेमा निर्धक्क रहन आग्रह गरे । उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले हामीलाई निदाउन दिने छैन ।’ सिधाकुरामा आफू शनिबारदेखि कमब्याक गर्ने तयारी गरेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *