२५ जना सदस्यसहित नेपाल आईपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथावाचन गर्ने
काठमाडाैं। प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन्।
विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए।
देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्यवादनको समूह समेत रहेको बताइएको छ।
उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन्। त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन्।
हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment