‘एउटा खुट्टै काटेर भएपनी एनआरएन जोगाउनुपर्छ’
सुरेश भट्ट आश्रिन
दोहा। गैरआवासीय नेपाली संघका अभियन्ता राजेन्द्र कुमार शर्मा (आरके)ले बागलुङ सेवा समाज कतारले आयोजना गरेको बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशनमा बोल्दै गैरआवासीय नेपाली संघको कहिले मृत्यु होला र श्रद्धाञ्जली दिउँला भन्दै बसेकाहरूलाई कुर्दै बस्नुभन्दा सर्वोच्च अदालतको परमादेश अनुसार समयमै अधिवेशन गरेर जानु सस्थाको हितकर रहेको बताएका छन्।
दोहाको होलिडे भिल्ला होटेलमा भएको कार्यक्रममा बोल्दै शर्माले बद्री केसी समुहलाई मे ३,४ र ५ मा हुने एकता अधिवेशनमा आउन आफूहरुले विनितपुर्वक आग्रह गर्दागर्दै पनी एकता अधिवेशनमा सहभागी हुन नाअएकाले उक्त समुहलाई कुर्दाकुर्दै समय घर्किँदै जाँदा सर्वोच्चको परमादेशको अवहेलना हुने र भोलि तोकिएको समयमा अधिवेशन हुन् नसक्दा संस्था नै नरहने खतरा मोल्नुभन्दा एउटा खुट्टा काटेरै भएपनी एनआरएनएको शरीर बचाउन तोकिएको समयमै अधिवेशन गरिछाड्ने जिकिर गरे।
विश्वभरी छरिएर बसेका गैरआवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुलाइ डेलिगेट फारम भरी लोकतान्त्रिक विधिद्वारा हुने एकता महाधिवेशनमा सहभागी भइ श्रमिकका मुद्दामा काम गर्न सक्ने नेतृत्व चयन गर्नपनि उनले आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment