जनताका कुरा नजिकबाट सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

डिसी नेपाल
७ वैशाख २०८२ १६:१३
228
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्।

आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए।

उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’

त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङकुशता भएको टिप्पणी गरे। त्यसैगरी सांसद ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन जनाइरहेका थिए।

पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि उनले भने,‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौला। भ्रष्टाचार गरेर खानेहरुको लागि यो बिषको रुपमा प्रयोग गरिएको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.