जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

डिसी नेपाल
७ वैशाख २०८२ १७:४५
1.5k
Shares

काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन्।

आइतबार राजविराजबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जीसमेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार उनलाई ललितपुर ल्याइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *