प्रभु बैंकको शेयर बिक्रीमा
काठमाडौं। प्रभु बैंकको ३ लाख ३१ हजार ५७९ कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन पाउने छन्। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment