नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
९ वैशाख २०८२ १०:४८
156
Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ।

बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *