तीनकुने घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारको १०/१० लाख राहत

डिसी नेपाल
१० वैशाख २०८२ १६:०२
132
Shares

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

राजाबादी समूहको प्रदर्शन उग्र बन्दा दुई जनाले ज्यान गुमाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *