आन्दोलनरत शिक्षकलाई सरकारले भन्यो- मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन

डिसी नेपाल
१० वैशाख २०८२ १६:१८
304
Shares

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकलाई सरकारले मेरो गोरुको बाह्रै टक्का नगर्न आग्रह गरेको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षकहरूको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रस्ट पार्दै यस्तो बताएका हुन्।

उनले भने, ‘एसइईको उत्तरपुस्तीका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं। समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ। त्यसले उनीहरूको भविष्य बर्बाद हुन्छ। त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ। शिक्षकहरूले त्यो काम गर्नुपर्छ। प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँनुपर्‍यो । तपाईंहरूको माग सम्बोधन गर्न सरकार तयार छ। मेरो गौरुको बाह्रै टक्का गरेर हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *