नेपालमा लगानी विस्तारका लागि युएइका उपप्रधानमन्त्रीसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो।
सो क्रममा उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका छन्। नेपालको दुुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका विदेश मन्त्रीले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरु तत्पर रहेको अवगत गराएका थिए।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा युुएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment