थाइल्याण्डबाट फर्किएपछि देउवाले भने-सत्ता समीकरण परिवर्तन हुँदैन

डिसी नेपाल
१२ वैशाख २०८२ १३:१५
1.1k
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन्।

थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।

सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केही नरहेको उनले बताए। सत्तासमीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ। सभापति देउवा स-परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *