शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

डिसी नेपाल
१३ वैशाख २०८२ १०:४४
1.5k
Shares

काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थ वार्ता निष्कर्षमा पुग्न नसकेरै टुंगिएको हो।

सरकारसँग औपचारिक छलफल र संवादमा रहे पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए।

आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिले आफ्नो माग मन्त्री रघुजी पन्तलाई राखेका थिए। शिक्षकहरू २५ दिनदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *