कांग्रेसले गर्यो राजेन्द्र लिङ्देनको पुतला दहन
जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन्।
हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै आज नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुतलासमेत जलाएका हुन्।
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन्। लिङ्देनले उनको अभिव्यक्तिप्रति माफि नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment