पाकिस्तानी सेना प्रमुखको फोटोमा जुत्ता प्रहार

डिसी नेपाल
१३ वैशाख २०८२ १५:३९
1.6k
Shares

काठमाडौं। भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा पाकस्तानको हात रहेको दाबी गरिरहँदा नेपालस्थित पाकिस्तानी दूतवास बाहिर प्रदर्शन गरिएको छ।

‘नेपाल नागरिक अभियान’ नामक संस्थाले शनिबार पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो।

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको र पाहलगाममा भएको आतंकवादी घटनामा आइएसआई जोडिएको भन्दै विरोध भइरहेका बेला नेपालमा पनि प्रदर्शन भएको हो। उनीहरुले पाकिस्तानी सेनाप्रमुख जनलर असीम मुनीरको फोटोमा जुत्ता प्रहारसमेत गरेका थिए।

गत मंगलबार भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो।

सो हमलापछि भारतले त्यसको सम्पूर्ण दोष पाकिस्तानमाथि लगाउँदै आएको छ। तर पाकिस्तानले भने सो आरोप अस्वीकार गर्दै आएको छ। पाहलगाम आक्रमणपछि भारत-पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *