एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००
काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ।
गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment